काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको छ । आज ३ सय २२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २९ लाख २ हजार २ सय ३५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४० प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ३४ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३९ प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २७ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS