काठमाडाैं । शेयर बजारमा करेक्सन आउनेक्रमले आइतबार पनि निरन्तरता पाएको छ । यस दिन झनै फराकिलो अंकले नेप्से घटेको छ । सूचक ४६ दशमलव ३३ अंकले घटेर २७७२ दशमलव १० अंकमा अडिएको छ ।
यससँगै बजार २८ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल अर्थात् २७ सयको तहमा आएको हो । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।
FACEBOOK COMMENTS