काठमाडौं । साताको दास्राे कारोकार दिन आज साेमबार नेप्सेले सकारात्मक माहोल दिन सकेकाे छैन ।
यो समयमा बजार सकारात्मक वा नकारात्मक के होला भन्ने उत्सुकता लगानीकतार्मा हुँदा बजारले भने उत्साह जगाउन नसकेकाे देखिएको छ ।
नेप्से परिसूचक आज ५ दशमलव २१ अङ्क अर्थात् ० दशमलव १९ प्रतिशतले घटेर दुई हजार ६ सय ७४ दशमलव ७६ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३३७ कम्पनीका १ करोड ७१ लाख ६० हजार ६७५ कित्ता शेयर ७ अर्ब ५८ करोड ५० लाख २२ हजार५९० रुपैयाँमा किनबेच भएका छन् ।
आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।
विकास बैङ्क शून्य दशमलव २७, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव ०६ र लगानी समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव २०, लघुवित्त एक दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव १३ र अन्य समूह शून्य दशमलव ४८ प्रतिशतले घटेको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ६४ करोड ३१ लाख ५० हजार ९०० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १४ लाख ८९ हजार ३०२ कित्ता शेयर खरिदबिक्री भएको छ ।
शेयर धितो कर्जाको जोखिमभार घटाउने निर्णय गर्दा पनि नेप्से भने खास्सै परिवर्तन देखिएकाे छैन ।
शेयर बजारका लागि यति गतिलो नीति आउँदा पनि सोमबार बजार किन बढ्न सकेन भन्ने आम चासोकाे विषय छ ।
FACEBOOK COMMENTS