काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज सामान्य अंकले बढेको छ । आज नेप्से ७ दशमलव २७ अंकले बढेर एक हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएको छ । बधुबार नेप्से ४ दशमलव ६८ अंकले बढेर एक हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।
आज दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएर बन्द भएको छ ।
FACEBOOK COMMENTS