काठमाडौं । गरिमा विकास बैंकको ३ लाख ८२ हजार ८९२ दशमलव ७७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यो शेयर विक्रीमा आएको हो ।
उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र (असार ३०) गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । शेयरको मूल्य उल्लेख नगरिएकाले खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले के कति कित्ता कति मूल्यमा खरीद गर्ने सो समेत खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर बिक्री प्रक्रिया अघि बढाईने जानकारी समेत कम्पनीले दिएको छ ।
FACEBOOK COMMENTS