काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको ५ लाख कित्ता संस्थापक शेयर असार १५ गतेदेखि विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य भने तोकेको छैन् । खरीदकर्ता आफैले के कति दरमा खरीद गर्ने हो समेत खुलाएर आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू। २३७ रहेको छ ।
FACEBOOK COMMENTS