काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर संस्थापकमा नविकेपछि सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको थियो । सोहि शेयर संस्थापकमा नविकेपछि सर्वसाधारणमा जारी गरिएको हो ।
संस्थापकमा ३५ दिनसम्म वितरण हुन नसकेको यो शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यो शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले कम्पनीको कर्पोरेट कार्यालय इमाडोल, ललितपुरमा आवेदन पेश गर्न सक्नेछन् ।
यो शेयरको विक्री मूल्य विक्रीकर्ता संस्थापक शेयरधनीहरूले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू। ४४७ रहेको छ ।
FACEBOOK COMMENTS