काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५८ हजार २७६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
यो शेयर खरीदका लागि आगामी १५ दिनभित्र इच्छकु खरीदकर्ताहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा पुग्ने गरी आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको शेयरमूल्य विक्रीकर्ता संस्थापक शेयरधनीहरूले तोके बमोजिम हुने भनाई कम्पनीको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक शेयरको मुल्य प्रतिकित्ता रू। ५२४ रहेको छ ।
FACEBOOK COMMENTS