काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ० दशमलव ०६ अंकले घटेर दुई हजार ४९ दशमलव ३८ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३९ दशमलव २६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा झरेर बन्द भएको थियो ।
बजार घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज तीन अर्ब ७ करोड ७४ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ७ करोड ३९ लाख बराबरको कारोबार भएको थियो । बजारमा कारोबार भएका ९० कम्पनीको शेयरमूल्य बढेको छ भने १२७ कम्पनीकोे शेयरमूल्य घटेको छ । आठ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
FACEBOOK COMMENTS