काठमाडौं । नयाँ ब्रोकर कम्पनीहरुले आज बिहीबारबाट सेयर कारोबार सुरु गरेका छन् । नेप्सेको फ्लोर सिट हेर्दा हालसालै अनुमति पाएका ७ वटा ब्रोकर कम्पनीले कारोबार सुरु गरेको देखिएको हो ।
६१ देखि ६७ सदस्य नम्बर रहेका नयाँ ब्रोकरहरुले सेयर खरिद गरेका छन् । यिनीहरुले सेयर बिक्री भने गरेको देखिएको छैन । यी ब्रोकरमार्फत लगानीकर्ताले सेयर किनबेच गर्ने हुन् ।
धितोपत्र बोर्डबाट लाइसेन्स र नेप्सेबाट सदस्यता पाएका ७ ब्रोकरले चालु आर्थिक वर्ष अन्तिमतिर पुग्दा कारोबार थालेका हुन् । सञ्चालन अनुमति पाएका ब्रोकर कम्पनीहरुले यसअघि परीक्षण (मक) ट्रेडिङ सुरु गरेका थिए ।
मक ट्रेडिङ गर्दा कुनै समस्या नदेखिएपछि उनीहरुले कारोबार सुरु गरेका हुन् । ट्रेडिङ सुरु गरेका सात ब्रोकर कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटीज, हिमालयन ब्रोकरेज र सन सेक्युरिटीज रहेका छन् ।
यसैगरी, मियो सेक्युरिटीज, सेयरप्रो सेक्युरिटीज र प्रोपर्टी विर्जाडले पनि सेयर कारोबार गरेका हुन् ।
FACEBOOK COMMENTS