काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ हजार ४५० कित्ता संस्थापक शेयर साउन आजदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले हेमन्त नाहटाको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता ३१० रूपैयाँ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी खरीद आवेदन पेश गर्नुपर्नेछ । आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मनकामना मार्ग हात्तिसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट लिखित आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
FACEBOOK COMMENTS