काठमाडौँ । मौद्रिक नीतिपछि लगातार ५ दिनको गिरावटपछि नेप्सेमा छैटौं दिन भने सामान्य वृद्धि भएको छ । गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा नेप्से एकै दिन ६३ अंकले बढेको थियो । त्यसपछि, पहिलोपटक आज सोमबार नेप्से परिसूचक बढेको हो ।
आज नेप्से परिसूचक ५ दशमलव ८४ अंकले बढेको छ । यससँगै परिसूचक २१ सय ६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज १ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजार ५ अंकले बढ्दा १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम छ । आज सनराइज ब्लुचिप फण्डको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
यसबाहेक, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । परिसूचक बढेपनि आज जलविद्युत कम्पनी समूहको सूचक ८ दशमलव ५७ अंकले घटेको छ । यस्तै, लघुवित्त समूहको सूचक ४ दशमलव १० अंघले घटेको छ भने म्यूचुअल फण्ड समूहको सूचक समा समेत गिरावट आएको छ ।
परिसूचक बढेको दिन व्यापार समूहको सूचक ५६अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक २५ अकले बढेको छ भने वित्त समूहको सूचक २३ अंकले बढेको छ । विकास बैंक समूहको सूचक १८ अंक बढ्दा बैंकिङ समूहको सूचक ९ अंकले बढेको छ ।
FACEBOOK COMMENTS