काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१ दशमलव ८० अंकले घटेर दुई हजार ४५ दशमलव ४४ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज दुई अर्ब १५ करोड ७३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २० कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज हिमालयन डिष्ट्रिलरी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७।६९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडकोे भएको छ । यस कम्पनीको आज २० करोड ५५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS