काठमाडौँ । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन ० दशमलव ३९ अंकले बढेसँगै परिसूचक २०३३ अंकमा पुगेर रोकिएको हो ।
परिसूचक ८ अंकले बढेको दिन आज १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७८ वटा कम्पनीको मूल्य भने घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर कायम छ । यस क्रममा आज १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर किनबेच भएको छ ।
हिजो बुधवार नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको थियो । त्यसक्रममा १ अर्ब ६७ अर्ब रुपैयाँको कारोबार भएको थियो । जुन, आज बिहीबारको तुलनामा धेरै हो । परिसूचक एकल अंकले बढेपनि आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य १० प्रतिशतले बढ्दा लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९ दशमलव ७४ प्रतिशतले बढेको छ । यस्तै, आज लक्ष्मी इक्वीटी फण्डको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
नेप्से परिसूचक ८ अंकले बढ्दा आज म्यूचुअल फण्ड समूहको सूचकमा भने गिरावट आएको छ । यसबाहेक अन्य १२ वटै समूहको सूचक बढेको छ । होटल र टुरिजम समूहको सूचक ११२ अंकले बढेको छ जीवन बीमा समूहको सूचक ९० अंक बढेको छ । यस्तै, व्यापार समूहको सूचक ७१ अंकले बढेको छ ।
FACEBOOK COMMENTS