काठमाडाैं । बिहिबार शेयर बजारमा सुधार देखिएको छ । साताको अन्तिम कारोबारबारको दिन बिहिबार नेप्से परिसुचकसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ ।
यस दिन परिसुचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुगेको छ ।
आज २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेचबाट कुल १ अर्ब ३२ करोड २९ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
बिहिबार नबिल बैंककाे सबैभन्दा धेरै १४ कराेड ४५ लाख ५६ हजार रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ ।
त्यसैगरी एनसीसी बैंककाे प्राेमाेटर शेयरकाे शेयर काराेबार ८ कराेड १३ लाख ५९ हजार रूपैयाँ बराबरकाे भएकाे छ ।
यस दिन २ कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । धाैलागिरि लघुवित्त वित्तिय संस्था र स्वीट् गंगा हाइड्राेपावरकाे शेयर मूल्य क्रमश १० र ९.२१ प्रतिशतले वृद्धि भएकाे छ ।
बिहिबार काराेबार भएका मध्य १२६ वटा कम्पनीकाे शेयर मूल्य बढेकाे छ भने ९७ वटा कम्पनीकाे शेयर मूल्यमा गिरावट अाएकाे छ ।
FACEBOOK COMMENTS