काठमाडौँ । साताको कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ अंकले बढेको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक १९ सय ७६ अंकसम्म पुगेको थियो । तर, केही संकुचित हुँदै १९ सय ४८ अंकसम्म आइपुगेको परिसूचक अन्तिममा १९ सय ६७ अंक पुगेर रोकिएको हो ।
यसक्रममा आज ८९ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको सेयर स्थिर छ भने १२६ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ ।
परिसूचक ७ अंकले बढेको दिन आज वित्त समूहमा ० दशमलव ४४ अंकले घटेको छ । यसबाहेक, अन्य सबै समूहको सूचकमा सुधार आएको छ । जीवन बीमा समूहमा ५५ अंकको सुधार आउँदा व्यापार समूहमा ३० अंकको र होटेल र टुरिजम समूहको सूचकमा २९ अंकको सुधार आएको छ ।
FACEBOOK COMMENTS