काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २८ दशमलव ९२ अंकले घटेर एक हजार ९ सय ३२ दशमलब ४५ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २१ कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६९१ रुपैयाँ पुगेको छ । साथै आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७ दशमलव ४६ प्रतिशतले बढेर प्रतिकित्ता ३१७ रुपैयाँ पुगेको छ ।
आज बाराही हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ
FACEBOOK COMMENTS