काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक १० दशमलव २३ अंकले बढ्दै १९ सय ४२ दशमलव ६८ को विन्दुमा उक्लिएको हो ।
त्यस्तै, आज एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १५२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६० रुपैयाँ पुगेको छ भने शुभम् पावर लिमिटेडको शेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ७६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज ङादी हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्तँ १९४ रुपैयाँ पुगेको छ भने मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता १९५ दशमलव ५० रुपैयाँ पुगेको छ ।
आज हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ दशमलव ८१ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS