काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९ अंकले घटेको छ । साताको शरुवाती दुई दिन ५४ अंकले बढेको नेप्से आज १९ दशमलव ४२ अंकले घटेर १ हजार ९ सय ६७ ५७ बिन्दुमा बन्द भएको हो ।
आज २७६ कम्पनीको सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५ दशमलव ५१ रुपैयाँको कारोबार भएको छ । कुल १९१ कम्पनीको सेयर मूल्यमा कमी आउँदा ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४ कम्पनीको सेयर भाउ स्थिर रहेको छ ।
आज शुभम पावरको सेयर मुल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ५८ प्रतिशतले बढेको छ । आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताको सेयर भाउ भने उच्च अंकले घटेको छ । यसको सेयर मूल्य आज १० प्रतिशतले गिरावट आएको हो ।
त्यस्तै सर्वाधिक कारोबार हुनेमा एसबिआई बैंक लिमिटेड रहेको छ । कम्पनीको ७ करोड ५६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै शिभम् सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
FACEBOOK COMMENTS