काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार ५ सय ८३ कित्ता शेयर ५० हजार २ सय ९६ पटक खरिदबिक्री हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७ सय ५७ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । होटल समूहको उपसूचक शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ९३ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३२ प्रतिशत, विकास बैंक एक दशमलव ४८, वित्त एक दशमलव ९५ र लगानी समूहको उपसूचक शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव ७६ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । शेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ । कम्पनीको शेयर मूल्य ८ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोकार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १० करोड ६४ लाख ४३ हजार छ सय ९१ बराबरको २ लाख २० हजार ५६ कित्ता शेयर किनबेच भएको छ ।
FACEBOOK COMMENTS