काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले विस्तारै सेयर बजार उकालो लागेको बताएका छन् ।
उनले कर्पोरेट खबरसँग कुरा गर्दै सेयर बजार बिस्तारै उकालो तर्फ लागेको बताएका हुन् ।
उनले भने, ‘करिव दुई वर्ष अगाडि बजार ३२ सय सेरोफेरो इन्डेक्स पुगेर शिखर चुमेको थियो । त्यो बेलामा हरेक हिसाबले सहज अवस्था थियो । कोभिडले विश्व नै तङ्थिलो भएको अवस्था थियो । लगानीका क्षेत्र केही पनि थिएन । बैंकमा पैसा प्रसस्त मात्रामा थियो । लगानी गर्ने ठाउँ कतै थिएन । आम व्यक्तिहरू घरमा बसेका अवस्था थियो र प्रविधीको पनि विकास भएको थियो अनलाइन कारोबार । जसले गर्दा हाम्रो पूँजी बजार १२४० को यात्राबाट सुरू गरेर ३२०० पुग्न सफल भएको थियो । तर अहिले घटेर १८०० मा झरेको छ । सरकारको नीतिले गर्दा सेयरबाजार ओरालो लागेको हो । ’
उनले थपे, ‘अब पुजी बार किन बढ्छ भने बैंकमा सहजरुपमा पैसा पाउने अवस्था छ । ब्याज दर घट्दो क्रममा छ । त्यसैले अब पुँजीबजार बढ्छ । धितोपत्र बोड्ले बोकर बढाउनाले पनि सेयर बजार बढ्दै आएको छ । ’
जति धेरै ब्रोकर बढ्यो त्यतीनै सेयर बजार बढ्छ उनले बताए ।
उनले राष्ट्र बैंकले पुँजिबारलाई नियन्त्रणमा लिन नहुने बताएका छन् । नेपाल धितो पत्र बोडलाई नै सबै छोडदिनु पर्छ पुजिबजार राष्ट्र बैकले हेर्नुपर्दैन उनले भने ।
‘सरकार बजारको विकास सरकारले चाहाँदैन र पूँजी बजार बढेको देख्न चाहाँदैन तर अब नचाहाँदा नचाहाँदै पनि पूँजी बजार बढ्छ ।’
लगानीकर्ताहरूको मनोबल बढाउन सरकार तयार नभएको उनको गुनासो छ । कोभिडको प्रभाव अर्थतन्त्रमा पछि देखिन थालेको र नेपालका नियमनकारी निकायमा बसेका व्यक्तिहरू नै नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गरी नकारात्मक कुराहरू मात्रै फैल्याउँदा लगानीकर्ताहरूको मनोबल झनै घटेको उनी बताउँछन् ।
अब आउने मौद्रिक नीतिले १२ कारोडको सिमा हटाएर सेयरबजार सुध्रिने उनी बताउँछन् ।
उनले अहिले आफूले बजारमा सकारात्मक नै सकारात्मक देखेको नकारात्मक कतै नदेखेको भन्दै अहिलेको समय सेयर किन्ने उत्तम समय रहेको सुझाव दिएका छन् । अहिलेको बेलामा छानी छानी सेयर किन्ने समय भएको भन्दै उनले प्रश्न गरे, ‘यो बेलामा सेयर नकिने कहिले किन्ने?’
उनीसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएको छः
FACEBOOK COMMENTS