काठमाडौं । शेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ ।
आज ५ दशमलव ९९ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ६४० दशमलव ९६ विन्दु कायम भएको छ ।
आज ३११ वटा कम्पनीको एक करोड ७१ लाख आठ हवार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिद बिक्री हुँदा सात अर्ब ९७ करोड आठ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही सुधार आएको हो । अघिल्लो दिन बुधबार ३१३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर ५९ हजार १३० पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्समा कुनै परिवर्तन आएन तर, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०५ प्रतिशतले बढेको छ । यस्तै, फ्लोट इन्डेक्स ०.१४ प्रतिशतले घटेको छ ।
१३ वटा उपसूचकहरूकध्ये हाइड्रो र इन्भेष्टमेन्ट समूहमा केही सुधार आउँदा अन्य सबै उपसूचकहरू राताम्मे बनेका छन् । दैनिकजसो सकारात्मक सर्किट लाग्दै आएको ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमा आज ९.३० प्रतिशतको गिरावट आएको छ ।
FACEBOOK COMMENTS