काठमाडौँ । नेप्सेमा सामान्य गिरावट देखिएको छ ।
मंगलबार नेप्से ०.५३ अंकले घटेर २६४४. ७० विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका एक करोड ८ लाख १० हजार १०६ कित्ता शेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ मा कारोबार भएको थियो ।
आज बैंक, विकास बैंक, फाइनान्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
त्यसैगरि सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुंग इनर्जी र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको शेयर ९.८५ प्रतिशतले घटेको छ ।

सबै भन्दा बढी युनियन हाइड्रोको ३१ करोड ८१ लाख कारोबार भएको छ भने माउन्टेन इनर्जीको २२ करोड ९४ लाखको कारोबार भएको छ ।

FACEBOOK COMMENTS