काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको व्यक्तिगत तर्फको सिमा १५ करोड र संस्थागत तर्फको सिमा २० करोड रुपैयाँ पुर्याएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन २०७९ परिमार्जन गर्दै सेयर धितो कर्जाको सीमा बढाएको हो ।
यसअघि सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड रुपैयाँ रहेको थियो ।
परिमार्जित एकीकृत निर्देशनमा भनिएको छ, ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।’
FACEBOOK COMMENTS