काठमाडौं । आज पहिलो दिनको कारोबारमा पनि नेप्सेमा पहिरो गएको छ ।
आइतबार शेयर बजार ८८ दशमलब ७० अंकले गिरावट भइ दुई हजार तीन सय ६१ दशमलव २७ विन्दु बजार बन्द भएको छ । नेपाल स्टक एक्स्चेञ्ज सूचाकांकमा दैनिक उच्च अंकको गिरावटसँगै कारोबार पनि न्युन हुँदै गएको छ । आइतबार तीन अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सम्बन्धित निकायहरुले ध्यान नदिँदा शेयर बजारको भविष्य नै अन्योल तर्फ अघि बढेको छ ।
सरकारमा रहेका दलहरु मध्य नेकपा माओवादिले पुँजिकरणको विषयमा नबुझ्नुनै अहिलेको समस्या रहेका अर्थविद्हरुको भनाई रहेको छ । अर्थ मन्त्रालयको बागडोर अहिले माओवादी पार्टीका अर्थ मन्त्री जनार्दन शर्माले सम्हालिरहेका छन् । माओवादी पार्टिका अध्यक्ष पुष्प कमल दाहलले दिएको स्टेटमेन्टले पनि शेयबजारमा तत्कालै सुधार नआउने देखिन्छ ।
FACEBOOK COMMENTS