काठमाडाैं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ओरालो लागेको छ । पछिल्ला दिनहरुमा लगातार घट्दो क्रममा रहेको बजारले आइतबार पनि निरन्तरता पायो ।
आइतबार बजार १०.५४ अंकले घटेर १८८३.१६ को बिन्दुमा झरेको छ ।
यसदिन बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज २२५ वटा कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेचबाट कुल ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँ ६५ पैसा बराबरको कारोबार भएको हो । यसदिन सबैभन्दा धेरै शिभम् सिमेन्टको शेयर कारोबार भएको छ ।
आज बजार घटेपनि ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
FACEBOOK COMMENTS