काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (ने) साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले बढेको छ ।
नयाँ सरकार गठनसंगै शेयर बजारमा खुसियाली छाएको छ ।
आज नेप्से ५६.८६ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम पनि दुई अर्ब नाघेको छ । दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एउटा वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
FACEBOOK COMMENTS