काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेको छ ।
आज नेप्से १७.५६ अंकले बढेर दुई हजार ६३ दशमलब ८३ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १७.२६ अंकले बढेर दुई हजार २९ दशमलब ३ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयरबजार बढेपनि कारोबार रकम भने घटेको छ । आज २ अर्ब ९६ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३९वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
FACEBOOK COMMENTS