काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ ।
आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको हो ।त्यस्तै, आज कारोबार रकम तीन अर्ब रुपैयाँ नाघेको छ । आज तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज नेपाल वीन नेपाल लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
FACEBOOK COMMENTS