काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथौ दिन आज बुधबार उच्च अंकले बढेको छ ।
निरन्तर रुपमा बढेको शेयरबजारमा मंगलबार सामान्य गिरावट आएको थियो । तर, बुधबार भने बजार बढेको छ । आज नेप्से ६४.८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज तीन अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
FACEBOOK COMMENTS