काठमाडौं । केही समय निराशा छाएको शेयर बजारमा यतिखेर भने खुसियाली छाएको छ ।
अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्त भएसँगै बुधबार सेयर बजारले ६४.७८ अंकको छलाङ मारेको छ । यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा बजारले उच्च अंकको रेकर्ड बनाएको थियो । निरन्तर रुपमा बढेको शेयरबजारमा मंगलबार भने सामान्य अंकको गिरावट आएको थियो ।
बजार बढेसँगै लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ । यसरी बजार बढ्दै जाँदा पनि केही कम्पनीको शेयर मूल्य भने घटेको छ ।
आज २०७ कम्पनीको मूल्य बढ्दा ५ वटा कम्पनीको मूल्य घटेको छ । आज घटेका कम्पनीहरुमा नेपाल एसबीआई डिभेञ्चरको शेयर मूल्य १.८९ प्रतिशतले घटेर प्रतिकित्ता ८९९ सय रुपैयाँ पुगेको छ । त्यस्तै सनराइज् व्लूचीप फण्डको शेयर मूल्य १.७४ प्रतिशतले घटेर प्रत्तिकित्ता ७ रुपैयाँ ३५ पैसा पुगेको छ । अजोड इन्स्योरेन्स, लक्ष्मी बैंक, धौलागिरी लघुवित्त कम्पनीहरुले आज सर्वाधिक गुमाएका छन् । नेप्सेका अनुसार आज आठ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
सर्वाधिक मूल्य बढेका कम्पनीहरुमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार ५५४ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन डिष्ट्रिलरी लिमिटेड शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ७७० दशमलव ६० रुपैयाँ पुगेको छ । कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४९ दशमलव ४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९०३। ५० रुपैयाँ, किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४६ रुपैयाँ पुगेको छ । त्यसैगरी, नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८०१.९० रुपैयाँ, पिपुल्स पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४९.७० रुपैयाँ र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार २७७.३० रुपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS