काठमाडौं । यो साताको सेयर बजार ११४.९१ अंकले बढेको छ ।
गत बिहीबार २०२९.०३ बिन्दुमा बन्द भएको सेयर बजार यो बिहीबारसम्म आइपुग्दा ११४.९१ अंकले बढेर २१४३.९४ बिन्दुमा रोकिएको छ । साताको पहिलो दिन देखि नै बजारमा सुधार देखिएको थियो । जुन अन्तिम दिनसम्म पनि कायमै रह्यो ।
आइतबार २०४६.२७ बिन्दुमा बन्द भएको सेयर बजार सोमबार १७ .८३ अंकले बढेर २०६४.१० बिन्दुमा रोकिएको छ । त्यस्तै ,मंगलबार भने सेयर बजार ३.०३ अंकले घटेर २०६१.०७ बिन्दुमा रोकिएको छ । मंगलबार घटेको सेयर बजार बुधबार सम्म आइपुग्दा ६४.७७ अंकले बढेर २१२५.८५ बिन्दुमा रोकिएको छ ।
यो साताको अन्तिम कारोबार बिहिबार पनि सेयर बजार १८.०९ अंकले बढेर २१४३.९४ बिन्दुमा रोकिएको छ । एक सातामा बजार पुँजीकरण १ खर्ब ६६ अर्ब ९६ करोड २ लाख रुपैयाँले बढेको छ ।
गत साता २९ खर्ब ३४ अर्ब ४८ करोड रुपैयाँ रहेको पुजीँकरण बिहीबारसम्म आइपुग्दा १ खर्ब ६६ अर्ब ९६ करोड २ लाख रुपैयाँले बढेर ३१ खर्ब १ अर्ब १४ करोड ५ लाख रुपैयाँ पुगेको हो ।
FACEBOOK COMMENTS