काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेको छ ।
आज नेप्से २०.५५ अंकले बढेर दुई हजार ६४ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको छ । आज पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ भने बाराही हाइड्रोपावर १० प्रतिशतले बढेर प्रतिकित्ता २५८.५० रुपैयाँ पुगेको छ । यसका साथै तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।
आज बुद्धभुमी नेपाल हाइड्रोपावर, वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज २१ करोड २९ लाखभन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS