काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS