काठमाडौँ– । बजेट आएको भोलीपल्ट अर्थात आज मंगलबारको शेयर बजार उच्च अंकले घटेको छ ।
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा शेयर लगानीकर्ताहरुलाई निराश बनाएको छ । शेयर बजार घटेकोबारे अर्थमन्त्री डा। प्रकाशशरण महत भने लगानीकर्ताहरुले नबुझेका कारण यस्तो भएको बताउँछन् ।
उनले आज अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘आगामी आर्थिक वर्षको लागि आएको बजेटको भोलिपल्ट नै शेयर बजार घट्नु भनेको शायद नबुझेर प्यानिक बनेको होला । अब बुझाउनु पर्छ ।’
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ५३ दहमलव १६ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको हो ।
कारोबार रकम भने साढे दुई अर्ब नाघेको छ । आज २ अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८१८ दशमलव ६० रुपैयाँ पुगेको छ भन् विपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९दशमलव ९८ प्रतिशतले बढेर
प्रतिकित्ता ३७२ दशमलव ४० रुपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS