काठमाडौं । यो साता नेप्से परिसूचक ३४.५१ अङ्कले बढेको छ ।
सातामा तीन दिन लगातार वृद्धि भएर शेयर बजार २१ सय विन्दुको पेरिफेरिमा रहन प्रयास गरेको थियो । तर, साताको अन्तिम दिन बिहीबार सामान्य ‘करेक्सन’ भएको बजार केही घट्न पुगेको थियो ।
पछिल्लो समय धितोपत्र बजारमा कारोबार रकम पनि केही बढ्दो क्रममा रहेको छ । जसअनुसार बिहीबार मात्रै ६ अर्ब ४४ करोडको शेयर किनबेच भएको नेप्सेको तथ्यांकले देखाएको छ । बिहीबारसम्ममा कुल शेयर बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४७ करोड ५४ लाख ६१ हजार २५६ रुपैयाँ पुगेको छ ।
साताको नेप्से परिसुचकलाई हेर्दा गत बिहीबार २०७७.७८ विन्दुमा रहेको नेप्से त्यसयता घटबढ हुँदै बिहीबार २११२.२९ विन्दुमा पुगेको हो । साताको पहिलो दिन आइतबार २०७३.१९ विन्दुमा झरेको नेप्से परिसूचक सोमबार २०८२.०९ विन्दुमा पुगेको थियो । सोमबारको वृद्धिले निरन्तरता पाउँदा मंगलबार परिसूचक २११५.२५ विन्दुमा पुगेको थियो ।
बुधबार पनि परिसूचक बढेर २१२१.६३ विन्दुमा पुग्यो । जुन साताभरकै सर्वाधिक बढी विन्दु रह्यो । बुधबारको उचाइमा साताको अन्तिम कारोबार दिन बिहीबार भने परिसूचक ९.३२ अङ्कले घट्दै २११२.२९ विन्दुमा खुम्चिएको थियो ।
चार अर्ब १५ करोड रुपैयाँ पुँजीगत लाभकर सङ्कलन, अघिल्लो १० महिनाको तुलनामा ७७ करोड बढी
FACEBOOK COMMENTS