काठमाडौं । सातामा हुने दुई शेयर र सुन कारोबारमा यो सातामा आइपुग्दा सुनको मूल्य उच्च हुँदा अर्को कारोबार नेप्से परिसूचक घट्न पुगेको छ । आम नेपाली र शेयर लगानीकर्ताका लागि चासोका रूपमा हेरिने यी कारोबारलाई आर्थिक रूपमा पनि निकै महत्त्वका साथ हेरिन्छ ।
यो साता नेप्से परिसूचकले २ हजार ७४८ दशमलव ७८ अंकमा पुगेर र २ हजार ६१४ दशमलव ६५ बिन्दुमा झरेर १३४ दशमलव १३ अंकको अस्थिरता देखाएको छ । अघिल्लो साता परिसूचकले ११३.१५ अंकको अस्थिरता देखाएको थियो ।
यो साता औसत कारोबार अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साता १५ अर्ब ९१ करोडको कारोबार भएको थियो भने यो साता २९ अर्ब ९५ करोडको कारोबार भएको थियो । औसत कारोबार यो सातामा आइपुग्दा ५ अर्बको रहेको छ । घट्दो बजारले यो साता लगानीकर्ताहरूको सम्पत्तिमा ४.३१ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार अघिल्लो साता ४३ खर्ब ६५ अर्ब रहेको बजार पुँजीकरण यो सातामा आइपुग्दा ४१ खर्ब ७७ अर्बमा झरेको हो । यो सातामा आइपुग्दा कारोबारमा आएका १३ वटै समूहको सूचक घटेका छन् । सर्वाधिक घट्ने समूहमा जीवन बीमा समूह रहेको छ । यो समूहको सातामा वाणिज्य बैंक समूहको सूचक ५.७२ प्रतिशतले घटेको छ । यसै साता आएको बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणलाई लिएर बैंकमा लगानी गरेका लगानीकर्ताहरू सन्तुष्ट हुन सकेका छैनन् ।
सर्वाधिक नाफा कमाउने कम्पनी यो साता पिपुल्स पावर कम्पनी रहेको छ । कम्पनीले साता १९.२५ प्रतिशतले नाफा आर्जन गरेको हो । अघिल्लो साता बजार बन्दहुँदासम्म कम्पनीको प्रतिशेयर मूल्य ४२६ रूपैयाँ रहेको थियो । अहिले यो सातामा आइपुग्दा ५०८ रूपैयाँले वृद्धि भएको हो ।
त्यस्तै यो सातामा सर्वाधिक घट्ने कम्पनीमा इष्ट्रन हाइड्रोपावर कम्पनीको १५.७१ प्रतिशतले घटेको छ । यस अघि कम्पनीका प्रतिशेयर मूल्य ९७३ रहेको थियो भने यो सातामा आइपुग्दा ८२० रूपैयाँ प्रतिशेयरमा झरेको हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड ब्रेक
यो सातासम्म आइपुग्दा सुनको मूल्यमा नयाँ रेडर्क बन्न पुगेको छ । यो साता कात्तिक ७ गते १ लाख ६६ हजार ७०० रूपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि यो साता बढेको छ । अघिल्लो साता २०७५ रूपैयाँ तोला रहेको चाँदी यो साता गत ७ कात्तिकमा उच्च भएको हो । उक्त दिन प्रतितोला २१३५ रूपैयाँसम्म पुगेको महासंघको भनाइ छ ।
FACEBOOK COMMENTS