काठमाडाैँ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २ हजार ६६९.८२ विन्दुमा आइपुगेको छ । यो दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ५६ करोडको कारोबार भएको बजारमा यो दिन धितोपत्र र ऋणपत्रगरी ३०३ कम्पनीको ८७ लाख ६८ हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, सानिमा माइ हाइड्रो पावर, जानकी फाइनान्स, हिमालयन डिस्टिलरी, नेपाल एसबीआई बैंकको १० करोड रुपैयाँदेखि १८ करोड ९६ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन जोशी हाइड्रो पावर, खानीखोला हाइड्रोपावर, गणपति लघुवित्त वित्तीय संस्था,उपचार लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको ६.२५ प्रतिशतदेखि ७.६७ प्रतिशतले बढेको छ । एनआरएन इन्फाष्ट्रचर बैंक, लाइफ इन्स्योरेन्स, एनआइबीएल ग्रोथ फण्डको शेयर मूल्य ३.३९ प्रतिशतदेखि ८.६४ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS