काठमाडाैँ । साताको बुधबार दिन नेप्से परिसूचक ४५.८८ अंकले बढेर २ हजार ७१५.७१ विन्दुमा आइपुगेको छ । लगातार पाँचदिनसम्म घटेको बजार यो दिन उच्च अंकले बढेको हो । बजार बढेसँगै नेप्से सूचक २७ सयको विन्दुमा फर्किएको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता शेयर किनबेचहुँदा ५ अर्ब माथिको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स,रिभरफल्स पावर,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, जोशी हाइड्रो पावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८ करोड १३ लाख रुपैयाँदेखि ३६ करोड १५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन ज्यादी हाइड्रो पावर, कुथेली बुखरी स्मेल हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, माथिल्लो मैलुङ खोला जलविद्युत,राप्ति हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ७.१६ प्रतिशतदेखि ९.८७ प्रतिशतले बढेको छ । उच्च अंकले बढेको बजारमा खानी खोला हाइड्रो पावर, जोशी हाइड्रो पावर, महिला लघुवित्त वित्तीय संस्था, आरबीबी म्यचूअल फण्डको शेयर मूल्य ५.३९ प्रतिशतदेखि करिब १० प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS