काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो दिन ४.१९ अंकले बढेर २ हजार ६३०.७१ विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१० कम्पनीको २ करोड ९ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा प्रमु बैंक जानकी फाइनान्स, सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था, कुमारी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १३ करोड ८२ लाख रुपैयाँदेखि ५० करोड ७७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ । यो दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। गुराँश लघुवित्त वित्तीय संस्था, प्रभु बैंक र कुथेली बुखरी स्मेल हाइड्रोपावर कम्पनीको ५ प्रतिशतदेखि ७.७२ प्रतिशतसम्मले बढेको छ ।
तीन कम्पनीको शेयर मूल्यमा उल्टो सर्किट
तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेकोछ । नकारात्मक सर्किट लाग्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, जोशी हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.४४ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये बैंकिङ समूह,लगानीगत समूह, माइक्रोफाइनान्स र ट्रेडिङ समूहको सूचक २.३१ प्रतिशतदेखि ०.१४ प्रतिशतले बढेको भने ‘अन्य’ समूहको सूचक२.४८ प्रतिशतदेखि ०.८ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS