काठमाडाैँ । साताको सोमबार दिन नेप्से परिसूचक ३३.०८ अंकले घटेर २ हजार ५७६.५० विन्दुमा आइपुगेको छ । बजारले आज मनोवैज्ञानिक तहबाट एक विन्दु तल झर्दै पुन घटेको छ । यो दिन सन् २०२४ लाई पनि विदा गरेको छ । कारोबारमा आएको सुरुवातदेखि घटेको बजार सम्हालिन सकेको देखिएन । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा प्रभु बैंक, नेपाल फाइनान्स,जानकी फाइनान्स,एनएलजी इन्स्योरेन्स,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट बैंकको शेयर मूल्य ११ करोड ९४ लाख रुपैयाँदेखि ३५ करोड ९४ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
घटेको बजारमा पनि नाडेप लघुवित्त वित्तीय संस्था,उपकार लघुवित्त वित्तीय संस्था, नेपाल इन्फाष्ट्रचर बैंक र रसुवागढी हाइड्रो पावर कम्पनीको शेयर मूल्य ३.१० प्रतिशतदेखि ४.०१ प्रतिशतसम्मले बढेको छ । घटेको बजारमा यो दिन चारवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था,जानकी फाइनान्स,पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकका शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो । यो दिन सर्वाधिक घट्ने समूहमा फाइनान्स समूह, विकास बैंक समूह, ट्रेडिङ समूह, माइक्रो फाइनान्स समूह,को सूचक सर्वाधिक घटेका छन् ।
FACEBOOK COMMENTS