काठमाडाैँ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दुमा आइपुगेको छ । यो दिन सुरुवातदेखि नै घटेको बजार अन्तिम समयमा आएर हरियाली बनेको थियो । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१५ कम्पनीको १ करोड कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स,न्यादी ग्रुप पावर,हिमालयन डिस्टीलरी, कर्पोरेट डेभलपमेन्ट र एनआरएन इन्फाष्ट्रचर डेभलपमेन्ट बैंकको ९ करोड ९३ लाख रुपैयाँदेखि ४६ करोड १७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन न्यादी ग्रुप पावर, सामुदायिक लघुवित्त वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक,सिन्धु विकास, सुपर मादी हाइड्रो पावर कम्पनीको ९.६५ प्रतिशतदेखि १० प्रतिशतले शेयर मूल्यमा सर्किट लागेको छ ।
उत्तार चढाबकै बीच सर्पोट माइक्रो फाइनान्स, जानकी फाइनान्स,नेपाल दूरसञ्चार कम्पनी, पोखरा फाइनान्सको शेयर मूल्य ३.१४ प्रतिशतदेखि ५.०२ प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS