काठमाडाैँ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ६.१६ अंकले बढेर २ हजार ६४६.८४ प्रतिशत विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०५ कम्पनीको १ करोड २० लाख कित्ता शेयर किनेबेचहुँदा ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सिन्धु विकास बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक, सहास उर्जा लिमिटेड,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ९ करोड ७९ लाख रुपैयाँदेखि १६ करोड ९२ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
योदिन सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी ग्रुप पावर, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सिन्धु विकास, समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य ९.०६ प्रतिशत देखि १० प्रतिशतले सर्किट मूल्यसम्म लागेको छ । सामान्य अंकले बढेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,डोल्ती पावर कम्पनी, भुगोल लघुवित्त वित्तीय संस्था,उपकार लघुवित्त वित्तीय संस्था, सनराइज फोकड इक्युटी फण्डको ३.४९ प्रतिशतदेखि १० प्रतिशतले नकारात्मक सर्किट समेत लागेको छ ।
FACEBOOK COMMENTS