काठमाडाैँ । साताको बुधबार दिन नेप्से परिसूचक २५८८.६२ विन्दुमा बन्द भएको छ । ७.३३ अंकले घटेर नेप्से सूचक उक्त विन्दुमा बन्द भएको हो । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २९६ कम्पनीको १ करोड १७ लाख कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सिन्धु विकास बैंक,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, सानिमा मिडेल तमोर हाइड्रो, जानकी फाइनान्स, नेपाल फाइनान्सको शेयर मूल्य १३ करोड २५ लाख रुपैयाँदेखि २८ करोड ५७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन बोल्टलर नेपाल ( बालाजु), वेन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रो पावर, अपर हेवाखोल लघुवित्त वित्तीय संस्था, एनआइसी एशिया सेलेक्ट फण्डको शेयर मूल्य ९.०९ प्रतिशतदेखि बाँबी शेयर मूल्यको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । घटेको बजारमा पोखरा फाइनान्स, जानकी फाइनान्स, खानीखोला हाइड्रो पावर, रिलायन्स फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकको शेयर मूल्य ७.५१ प्रतिशतदेखि १० प्रतिशतले घटेर नकारात्मक सर्किट समेत लागेको छ ।