काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यो दिन नेप्से सूचक १२ .५८ अंकले बढेर २६०१.२१ विन्दुमा आइपुगेको हो । कारोबारमा आएका १३ वटा समूहकोसूचक मध्ये तीन वटा समूहको सूचक घटेको छ भने अन्य १० वटा समूहको सूचक बढेका छन् । यो दिन फाइनान्स समूहको सूचक २.३२ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सूचक ३.५७ प्रतिशतले बढेको छ ।
बोटलर नेपाल ( तराई)को शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्स्तै वेन नेपाल लघुवित्त वित्तीय संस्था,सामलिङ पावर कम्पनी, नेपाल रिपब्लिक मिडिया कम्पनीको ७. ३७ प्रतिशतदेखि ०९ प्रतिशतले बढेको छ । शेयरको मूल्य सूचक बढ्दा कारोबार रकम पनि बढेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२५ कम्पनीको १ करोड २९ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर, सुपरमादी हाइड्रो पावर, सानिमा मिडल तमोर हाइड्रो् पावर, सिन्धु विकास बैंक र पोखरा फाइनान्स कम्पनीको १३ करोड ८३ लाख रुपैयाँदेखि २६ करोड ८५ लाख रुपैयाँसम्म कारोबार भएको छ ।
बढेको बजारमा सुपरमादी हाइड्रो पावर, एनआइसी एशिया सेलेक्ट फण्ड, रिभरफल्स पावर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ३.९३ प्रतिशतदेखि १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS