काठमाडाैँ । साताको अन्तिम काराेबार दिन विहिबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से सूचक ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा आइपुगेको छ । यो दिन नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बुधबार ९ अर्ब माथिसम्मको कारोबार भएको थियो । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१८ कम्पनीको १ करोड ५१ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । सर्वाधिक कारोबार हुने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट बैंक, युनाइटेड इदीमर्दी आरबी हाइड्रो पावर, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स कम्पनीको १६ करोड ८६ लाख रुपैयाँदेखि ३० करोड ८९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
तीन कम्पनीको शेयर मूल्यमा सर्किट
यो दिन तीन कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट र सिक्लेस हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक,धौलागिरी लघुवित्त वित्तीय संस्थाको ९.८४ प्रतिशतले बढेको छ । सुमरमादी हाइड्रो पावर, मन्दाकीनि हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै, जानकी फाइनान्स,पोखरा फाइनान्स र नेपाल फाइनान्सको शेयर मूल्य ४.७४ प्रतिशतदेखि ७.४७ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS