काठमाडाैँ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २४.५० अंकले बढेर २ हजार६५७.७७ विन्दुमा आइपुगेको हो । नेप्से सूचक बढेसँगै कारोबार रक पनि बढेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२५ कम्पनीको ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक,नेपाल रिइन्स्योरेन्स,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, हिमालयन पावर पार्टनर, न्यादी ग्रुप पावर कम्पनीको १७ करोड ५९ लाख रुपैयाँदेखि ३८ करोड २१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन सर्वाधिक बढ्ने कम्पनीमा उपकार लघुविँत्त वित्तीय संस्था,सिक्लेस हाइड्रो पावर,थ्रिस्टार हाइड्रो पावर, जानकी फाइनान्स कम्पनी र न्यादी ग्रुप पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । उच्च अंकले बढेको बजारमा डोल्टी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआइसी एशिया ब्यालेन्स फण्ड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, कुमारी इक्वीटी फण्डको शेयर मूल्य २.५४ प्रतिशतदेखि ८.४३प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS