काठमाडाैँ । साताको सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर १ हजार ७३० विन्दुमा आइपुगेको छ । सुरुवातदेखि नै उच्च अंकले बढेको बजारमा बन्द हुने बेलामा केही अंक झरेको थियो । नेप्से सूचक सामान्य बढेको भए पनि यो दिन धितोपत्र रऋणपत्रगरी कारोबारमा आएका ३१९ कम्पनीको ११ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर,सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रो पावर, साहस उर्जा र एक्सडेभलपमेन्ट बैंकको २३ करोड ४८ लाख रुपैयाँदेखि ३५ करोड ३० लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन उपकार लघुवित्त वित्तीय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सनराईज फोकस इक्विटी फण्ड र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.७४ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट समेत लागेको छ ।त्यस्तै, ग्रीन डेभलमेन्ट बैंक, रिभरफल्स पावर,थ्रीस्टार हाइड्रोपावर कम्पनीको ४.४२ प्रतिशतदेखि १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS