काठमाडाैँ । साताको बुधबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यो दिन ४.४५ अंकले घटेर २ हजार ७११.४५ विन्दुमा आइपुगेको छ । बजार निकै उत्तारचढाब आइरहेको छ । अघिल्लो दुई दिन (आइतबार र सोमबार) उच्च अंले बढेको बजारमा योृ दिन घट्न पुगेको हो ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०९ कम्पनीको १९ लाख १८ हजार कित्ता शेयर किनबेचहुँदा ८ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन पावर पार्टनर, सिनर्जी पावर डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट बैंक,हिमालयन उर्जा विकास कम्पनीको शेयर १९ करोड ९१ लाख रुपैयाँदेखि ३३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ। सामान्य अंकले घटेको बजारमा यो दिन तीनवटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
जसमा उपकार लघुवित्त वित्तीय संस्था, च्याङ्दी हाइड्रो पावर,सेन्ट्रल फाइनान्स रहेका छन् । त्यस्तै पोखरा फाइनान्स, समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य ९.४६ प्रतिशतदेखि९.८१ प्रतिशतसम्मले बढेको छ । यो दिन घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था,कर्पोेरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै, मध्ये भोटीकोशी जलविद्युत कम्पनी,न्यादी ग्रुप पावर,ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.८२ प्रतिशतदेखि ५.६० प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS