काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चैत १० देखि चैत १४ सम्मको पाँच कारोबार दिनमा बजारमा मिश्रित प्रभाव देखिएको छ ।
यो अवधिमा नेप्से परिसूचकमा उल्लेख्य उतारचढाव देखियो, जसले लगानीकर्ताहरूको मनोबलमा पनि प्रभाव पारेको छ ।
चैत १० गते आइतबार नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घट्यो । योसँगै नेप्से परिसूचक दुई हजार ६ सय १४ दशमलव ६८ विन्दुमा ओर्लिएको थियो ।
यो दिन तीन सय १७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २८० कित्ता सेयर ७२ हजार दूई सय ६५ पटक किनबेच भयो । कुल ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रूपैयाँको कारोबार भयो । यो दिन बजार लगातार ओरालो लाग्ने क्रम जारी रह्यो ।
११ गते दोस्रो कारोबार दिन सोमबार भने नेप्से २६ दशमलव ०१ अंकले बढेर दुई हजार ६ सय ४० दशमलव ६८ विन्दुमा पुगेको थियो ।
यो दिन तीन सय २६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ५८ हजार दूई सय ३५ पटक किनबेच भयो । ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार ४ रूपैयाँको कारोबार भएको छ । यो दिन बजारमा सकारात्मक सुधार देखियो । ० दशमलव ९९% को वृद्धिले लगानीकर्ताको मनोबल बढाएको सङ्केत गर्यो ।
चैत १२ मंगलबार नेप्से परिसूचक ५५ दशमलव ५९ अङ्कले घट्यो । योसँगै नेप्से परिसूचक दुई हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा ओर्लिएको थियो ।
यो दिन दूई सय ४४ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर ६२ हजार २१ पटक किनबेच भयो । कुल ५ अर्ब ५८ पटक कारोबार भयो । यो दिन बजार लगातार ओरालो लाग्ने क्रम जारी रह्यो ।
चैत १३ गते बुधबार भने नेप्से ३९ दशमलव १३ अंकले बढेर दुई हजार ६ सय २३ दशमलव २१ विन्दुमा पुगेको थियो ।
यो दिन तीन सय १७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर ५५ हजार ४ सय ४४२ पटक किनबेच भयो । ४ अर्ब २० करोड ४४ लाख ०८ हजार ८ सय ९४ रूपैयाँको कारोबार भएको छ । यो दिन बजारमा सकारात्मक सुधार देखियो । ०दशमलव ९९% को वृद्धिले लगानीकर्ताको मनोबल बढाएको संकेत गर्यो ।
अघिल्लो दिनको गिरावटपछि बजारमा सुधार देखियो । २२७ कम्पनीको सेयर मूल्य बढ्दा बजार हरियो बन्यो, तर कारोबार रकम कम रह्यो ।
चैत १४ गते बिहिबार भने नेप्से ४१ दशमलव ४३ अंकले बढेर दुई हजार ६ सय ६३ दशमलव ०३ विन्दुमा पुगेको थियो ।
यो दिन तीन सय ०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५५ हजार ४ सय ४२ पटक किनबेच भयो । ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३ सय ४० रूपैयाँको कारोबार भएको छ । यो दिन बजारमा सकारात्मक सुधार देखियो ।
शेयर बजारको पछिल्लो समयको उतरचढाबले लगाकिर्ताको मनोबल घटेको छ । विशेषगरी साना र नयाँ लगानीकर्ताहरूले आत्तिएर सेयर बिक्री गरिरहेको ब्रोकरहरूको भनाइ छ ।
यसरि बजारमा मिश्रित प्रभाव देखिएका पछि खरिद गर्ने मुडमा रहेकाहरू पनि पु्नः ‘वेट एन्ड वाच’को मुडमा रहेको पाइन्छ ।
विशेषगरी राजाको पक्ष चलेको लहर र शक्ति प्रदर्शनपछि केही ठूला र संस्थागत लगानीकर्ताहरू सर्तक भएको अनुमान भने गरिएको छ । पछिल्ला दिनहरूमा प्रमुख राजनीतिक दलका नेताहरूले अझै वातावरण भड्काउने गरी अभिव्यक्तिहरू दिइरहेका छन् ।
यसबाट आगामी दिनमा राजतन्त्र पक्षधर र गणतन्त्रवादीहरूबीच थप द्वन्द्व बढ्न सक्ने देखिएको छ । यसले पनि बजारलाई कमजोर बनाएको देखिन्छ ।
२९ सय पुगिसकेको बजार निरन्तर अनि एकोहोरो पाराले घटेर २६ सयकै आसपासमा आएपछि सर्वसाधारण लगानीकर्ताको मनोबल थप कमजोर भएको देखिन्छ । तर यो हप्ता भने शेयर बनार कति घट्ने हो भन्ने आशंका र त्रास बढ्दा खरिद गर्ने तयारीमा रहेकाहरू पनि हच्किने प्रवृत्ति हावी हुँदा कारोबार रकममा प्रभाव पर्न गएको हो ।
तर पछिल्ला दिनहरूमा भने कारोबार रकम न्यून रहेकाले ठूला लगानीकर्ताहरूको भने खासै प्यानिक सेल आएको देखिंदैन तर आज भएको राजावादी र गणतन्त्रवादीको अराजक प्रदर्शनले अबको शेयर मार्केटमा कस्तो प्रभाव पर्ला ? सोच्ने अवस्था भने सिर्जना गरेको छ ।
FACEBOOK COMMENTS